काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।
नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेर बन्द भएको हो । अघिल्लो दिन नेप्से ०.५५ अंकले बढेको थियो ।
नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । बुधबार ३ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
यस दिन ३४७ वटा धितोपत्रका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ । त्यस्तै माउन्ट एभरेस्ट पावरको मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९६ रुपैयाँ ७० पैसा पुगेको छ ।
यता १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६ को मूल्य सर्वाधिक १०.४५ प्रतिशतले घटेर प्रतिडिबेन्चर १ हजार १३१ रुपैयाँमा झरेको छ । ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को मूल्य पनि ५.५८ प्रतिशतले घटेर १ हजार ६५ रुपैयाँ १० पैसामा सीमित भएको छ ।
बिहीबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २५६ रुपैयाँ ७० पैसामा २९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ११.९० प्रतिशत बढी हो ।
सर्वाधिक कारोबार हुने कम्पनीको दोस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ । उक्त कम्पनीको १६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । लगानी समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ ।