नेप्से ७ अंक घट्यो, कारोबार रकम भने बढ्यो

१ हप्ता अगाडि
नेप्से ७ अंक घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ।

बिहीबार ८.८१ अंकले बढेको नेप्से शुक्रबारको गिरावटपछि २६४३.८३ विन्दुमा कायम भएको छ।

शुक्रबार १०१ कम्पनीको सेयरमूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ।

शुक्रबार सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ। बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ तथा व्यापार समूह २.५७ प्रतिशतले घटेका छन्।

यस्तै, जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह ०.४४ प्रतिशतले बढेका छन्।

हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको सेयरमूल्य १५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर अगाडि रहेको छ।

यस्तै, कृषि विकास बैंकको बन्डमा सबैभन्दा धेरै रकम बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। लिबर्टी इनर्जी, नाग्दी हाइड्रोपावर तथा एनआरएन इन्भेस्टमेन्ट कम्पनीको पनि उल्लेख्य कारोबार भएको छ।