‘हामी सानेपा कब्जा गर्न जाँदैछौँ’ : कांग्रेस नेता दुर्लभ थापा

१ हप्ता अगाडि
‘हामी सानेपा कब्जा गर्न जाँदैछौँ’ : कांग्रेस नेता दुर्लभ थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा कब्जा गर्न जाने अभिव्यक्ति दिएका छन्।

संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले पार्टीलाई एकताबद्ध बनाउन भेला आयोजना गरिएको दाबी गर्दै सानेपा कब्जा गर्न जाने बताएका हुन्।

‘पार्टी एकताबद्ध बनाउन यो भेला गरिएको हो। हामी सानेपा कब्जा गर्न जाँदैछौँ,’ उनले भने, ‘७५ प्रतिशत क्रियाशील सदस्य हाम्रो पक्षमा छन्, उनीहरू नै पार्टीको जरा हुन्।’

थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबीसमेत गरे।

‘१५औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ। युवाको हविगत के हुन्छ, भृकुटीमण्डपमा सिठ्ठी र ताली बजाएर आएका परजीवीहरू सानेपामा छन्, उनीहरूको के हुन्छ, हेरौँला,’ उनले भने।

उनले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा समेत प्रश्न उठाएका छन्।

आफूले भक्तपुरका १२ हजार क्रियाशील सदस्यको नवीकरण गरिसकेको थापाले दाबी गरे।