काठमाडौं । गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
गत साता पाँच दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा झरेको थियो।
त्यसैगरी, चाँदीको भाउ पनि आज बढेको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ।