सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय पुग्यो

६ दिन अगाडि
सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय पुग्यो

काठमाडौं । सुनको भाउ लगातार दोस्रो दिन बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आइतबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले घटेको थियो ।

यससँगै शुक्रबारको गिरावटपछि आइतबार र सोमबार गरी सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । महासंघका अनुसार चाँदी तोलामा ६० रुपैयाँ बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।