काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज पनि सोही मूल्यमा कायम रहेको हो ।
गत शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको थियो । त्यसपछि आइतबार र सोमबार गरी सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको थियो ।
यस्तै, चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदीको भाउ ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको हो ।