नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब

५ दिन अगाडि
नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब

मंगलबार सेयर बजारमा १९.३४ अंकको गिरावट आएको छ। सोमबार २.२५ अंक घटेको नेप्से मंगलबार थप घटेर २६२२ विन्दुमा कायम भएको हो।

आज ५७ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ। पाँच कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकम भने केही घटेको छ। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

व्यापार समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४० प्रतिशत घट्दा व्यापार समूह ०.४१ प्रतिशत बढेको छ।

हाइड्रोपावर समूहमा सर्वाधिक २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ। वाणिज्य बैंकतर्फ ४४ करोड र उत्पादन तथा प्रशोधन समूहमा ४५ करोड रुपैयाँको कारोबार भयो।

सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ। मनकामना इन्जिनियरिङ हाइड्रोपावर ४.७८ र माथिल्लो मैलुङखोला जलविद्युत् ३.६४ प्रतिशत बढेका छन्।

सगरमाथा जलविद्युत् १०.६३, खानीखोला हाइड्रोपावर ९.४० र सप्तकोशी विकास बैंक ६.६५ प्रतिशत घटेका छन्।

रकमका आधारमा सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, युनाइटेड मोदी हाइड्रोपावर र रिडी पावरको धेरै कारोबार भएको छ।