कांग्रेस महाधिवेशन असोज १६ बाट, असन्तुष्ट पक्षसँग संवाद जारी : गगन थापा

५ दिन अगाडि
कांग्रेस महाधिवेशन असोज १६ बाट, असन्तुष्ट पक्षसँग संवाद जारी : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षसँग आफू निरन्तर संवादमा रहेको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सदस्यता व्यवस्थापन र निर्वाचन समितिलगायत विषयमा असन्तुष्ट नेताहरूसँग छलफल गर्न आफू तयार रहेको बताए।

उनले पार्टी अहिले संविधान, विधान र विशेष महाधिवेशनको निर्णयबाट बाँधिएकाले समयको सुविधा नरहेको पनि बताए।

सभापति थापाका अनुसार कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा सुरु हुनेछ। उनले महाधिवेशनको प्रक्रिया मंगलबारबाट औपचारिक रूपमा सुरु भएको जानकारी दिए।