सुनको भाउ एकैदिन ९ हजार ३ सय रुपैयाँ बढ्यो

३ दिन अगाडि
सुनको भाउ एकैदिन ९ हजार ३ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २ सय ६० रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार एक औँस सुन ४ हजार ५ सय १२ अमेरिकी डलर तथा चाँदी ६७ डलरमा कारोबार भइरहेको छ ।