काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसी लगातार तीन खेलको हारपछि गोल गर्दै लयमा फर्किएका छन् । अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत बुधबार फिलाडेल्फिया युनियनविरुद्धको खेलमा मेसीले गोल गरेका हुन् ।
२-२ को बराबरीमा सकिएको खेलमा मेसीले २६औँ मिनेटमा इन्टर मियामीका लागि गोल गरेका थिए । फिलाडेल्फियाले ५८औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।
यो गोलसँगै जारी सिजनमा मेसीको गोल संख्या १३ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानका निकोलास फर्नान्डेज मर्कोउ र ह्युगो क्युपर्ससँग बराबरीमा छन् । पहिलो स्थानमा रहेका पेटर मुसाको १६ गोल छ ।
बुबा जर्जको निधनपछि मेसीले लगातार तीन खेलमा हार व्यहोरेका थिए । इन्टर मियामी नास्भिले, लियोन र मोन्टेरेसँग पराजित भएको थियो ।