सेयरबजारमा सामान्य सुधार, नेप्से ७ अंकले बढ्यो

३ दिन अगाडि
सेयरबजारमा सामान्य सुधार, नेप्से ७ अंकले बढ्यो

काठमाडौं । निरन्तर घटिरहेको सेयरबजारमा बिहीबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ। ९५ लाख कित्ता सेयर ४७ हजार ९ सय १९ पटक किनबेच भएका थिए।

१३२ कम्पनीको सेयर मूल्य बढ्दा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४.९९ प्रतिशतसम्म कमाएका छन्। १३२ कम्पनीकै मूल्य घटेको छ।

कुमारी धनवृद्धि योजनाको मूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशत घट्यो। वाणिज्य बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेका छन्।