राप्रपाले उद्धव थापालाई पार्टीबाटै हटायो

३ दिन अगाडि
राप्रपाले उद्धव थापालाई पार्टीबाटै हटायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यबाटै हटाएको छ। बिहीबार बसेको राप्रपा सचिवालय बैठकले थापालाई प्रदेश सांसद पदबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।

बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको निर्णयविपरीत समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको राप्रपाले जनाएको छ। पार्टीले यसअघि सरकार गठनका क्रममा कुनै दललाई समर्थन नगर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो।

थापामाथि कारबाही गर्ने निर्णयप्रति नेता कमल थापाले भने ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनी उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएको बताइएको छ। सचिवालय बैठकमा कारबाहीको विषयलाई लिएर नेताहरूबीच चर्काचर्कीसमेत भएको जनाइएको छ।