काठमाडौं । सुनको मूल्य शुक्रबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार पनि सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको थियो। बुधबार भने सुनको मूल्य २ हजार ७ सय रुपैयाँ घटेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १३० रुपैयाँ बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य २६० रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो।