साताको अन्तिम कारोबारमा नेप्से १० अंकले घट्यो

२ दिन अगाडि
साताको अन्तिम कारोबारमा नेप्से १० अंकले घट्यो

काठमाडौं । सेयरबजारमा शुक्रबार १०.६७ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको हो।

साताको अन्तिम कारोबार दिन ४ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ करोड कित्ता सेयर किनबेच भएका थिए।

शुक्रबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको मूल्य १४.९९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको १३.८६ प्रतिशत बढेको छ।

घटेका कम्पनीमा अधिकतम ५.२६ प्रतिशतसम्म गिरावट आएको छ। शुक्रबार सबैभन्दा बढी २६ करोड रुपैयाँसम्मको कारोबार भएको नेप्सेले जनाएको छ।