रास्वपाले प्रवक्तासहित ६ पदाधिकारी र ९ केन्द्रीय सदस्य मनोनित गर्‍यो

३ दिन अगाडि
रास्वपाले प्रवक्तासहित ६ पदाधिकारी र ९ केन्द्रीय सदस्य मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवक्तासहित ६ पदाधिकारी, ९ केन्द्रीय सदस्य र १३ सचिवालय सदस्य मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले सिफारिस गरेका नाम अनुमोदन गरेको हो।

प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्। संगठन विभाग प्रमुखको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिइएको छ।

केन्द्रीय सदस्यमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम सुप्रभात यादव, मनोहर प्रधान, भक्तबहादुर राई, बसुमाया तामाङ र सुरेन्द्र चौधरी मनोनित भएका छन्।

त्यस्तै शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल, पुरुषोत्तम यादव र मनोहर प्रधानलाई सचिवालय सदस्य बनाइएको छ।

अब एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्न बाँकी छ। ती पदमा वरिष्ठ नेता बालेन्द्र शाह पक्षबाट नाम नआएकाले शुक्रबार मनोनयन नभएको एक नेताले बताए।