भोटेकोशी बाढी

रसुवा बाढीमा १५७ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

३ घण्टा अगाडि
रसुवा बाढीमा १५७ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १५७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले राति ११ः०५ बजेसम्म जारी गरेको बुलेटिनअनुसार बाढी प्रभावित सात जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

बाढीमा परी नेपाल प्रहरीका २८ जना कर्मचारी अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

यस्तै, बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।