काठमाडौं । रसुवा भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको हो।
प्रहरीका अनुसार मृतकमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन्। यस्तै, ५०१ आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ।
हालसम्म १ हजार ३० शवको व्यवस्थापन गरिएको छ। मृतकमध्ये १ हजार २६० जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, ९७२ जना मृतकका आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
बाढी तथा पहिरोमा परी अझै ४ हजार ८९८ जना बेपत्ता रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।