बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

३ दिन अगाडि
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन् ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण भदौ १० गतेदेखि पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग बन्द छन् ।

त्यसैगरी मुगुमा मुगु–गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, कालीकोटमा कर्णाली राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र सल्यानमा राप्ती राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक सडक खण्डमा आज पनि रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।