काठमाडौं । सुनको भाउ बुधबार तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा झरेको छ ।
मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
यसअघि आइतबार तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा ४ हजार ७ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।