काठमाडौं । सेयर बजारमा आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो ।
आज १९२ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
कुल १० लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
समूहगत रूपमा आज सबै समूहका सूचक घटेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ । फाइनान्स, होटल, निर्जीवन बीमा र व्यापार समूहका सूचक पनि एक प्रतिशतभन्दा बढीले घटेका छन् ।
आज सबैभन्दा धेरै कमाउनेमा अपर लोहोरे हाइड्रोपावर रहेको छ । कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । अन्य कुनै पनि कम्पनीको सेयर मूल्य भने दोहोरो अंकले बढेन ।
इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कालिञ्चोक दर्शन र उपकार लघुवित्तको सेयर मूल्यमा पनि दोहोरो अंकको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि रहेको छ । कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।