काठमाडौं । देशका अधिकांश भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।
मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने विभागको पूर्वानुमान छ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ ।
यस्तै, पहाडी भूभागका केही स्थान र तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।