पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, पृथ्वीराजमार्ग पनि बन्द

एक दिन अगाडि
पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, पृथ्वीराजमार्ग पनि बन्द

काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ।

बुधबार राति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेपछि काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लगातार झरी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको छ। बिहीबार बिहानैदेखि चारवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।

यता कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्गसमेत अवरुद्ध छ।

पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक राजमार्ग प्रयोग गरिरहेका छन्। वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढ्दा हेटौंडा–काठमाडौंका तीनवटा मार्गमा ठूलो सवारी चाप देखिएको छ।