काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुने भ्रमण स्वीकृत गरेको हो।
बैठकले नेपाल–भारत अन्तरसरकारी उपसमिति बैठकका लागि नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।
पाँच जिल्लाका गरिब घरपरिवारको सूची स्वीकृत गर्नुका साथै शिक्षक सेवा आयोगमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई अध्यक्ष तथा रामशरण सापकोटा र विष्णु घिमिरेलाई सदस्य नियुक्त गर्ने निर्णय भएको छ।
दुई सहसचिवलाई सचिवमा बढुवा गरी प्रदेश प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि भएको छ।