सुनको भाउ तोलामा १ हजार ७ सय बढ्यो

एक महिना अगाडि
सुनको भाउ तोलामा १ हजार ७ सय बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो।

मंगलबार तोलाको ३ लाख १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेको छ। बुधबार चाँदी तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।