मौसम पूर्वानुमान

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

एक महिना अगाडि
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ।

दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोसी प्रदेशको पहाडी तथा तराई भूभाग, वाग्मतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि कोसी, वाग्मती र गण्डकीसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले जनाएको छ।