काठमाडौं । एक दिन बढेको सुनको भाउ बिहीबार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँमा झरेको छ।
बुधबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसअघि सोमबार र मंगलबार लगातार सुनको मूल्य घटेको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४ हजार ६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको थियो।