काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ११ दशमलव ९३ अंकले बढेर २ हजार ६२४ दशमलव ३६ विन्दुमा पुगेको छ।
बिहीबार ३३९ कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५१ हजार ७२८ पटक किनबेच भएका छन्। दिनभर ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
लगानी र अन्य उपसमूहबाहेक सबै उपसमूह बढेका छन्। लगानी उपसमूह ० दशमलव १८ र अन्य उपसमूह ० दशमलव ८१ अंकले घटेका छन्। जीवन बीमा उपसमूह भने १२५ दशमलव ९२ अंकले बढेको छ।
धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १२ दशमलव ४३ प्रतिशतले बढेको छ। बुधबार १ हजार ११० रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य बिहीबार १ हजार २४८ रुपैयाँ पुगेको छ।
हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य २ दशमलव ९७ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेर ५८८ रुपैयाँमा झरेको छ।