काठमाडौं । बिहीबार तोलामा २ हजार ३ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसअघि बुधबार पनि सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको थियो।
चाँदीको मूल्य पनि शुक्रबार तोलामा १ सय ५० रुपैयाँ बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ ६० रुपैयाँ घटेर ४ हजार ६ सय २५ रुपैयाँमा झरेको थियो।