न्यूयोर्क जाँदै प्रधानमन्त्री शाह, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई

१० घण्टा अगाडि
न्यूयोर्क जाँदै प्रधानमन्त्री शाह, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे न्यूयोर्क प्रस्थान गर्दैछन्। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने तालिका छ।