काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६१८ विन्दुमा कायम भएको छ।
कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ। जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घटेको छ।
बैंकिङ १.२२, विकास बैंक १.३६, वित्त १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५ र लघुवित्त १.३१ प्रतिशत घटेका छन्। निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार समूह १.२६ प्रतिशत घटे।
बुधबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्दा सीवाईसी लघुवित्त, विकास हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु र मिडसोलु हाइड्रोपावरको मूल्य पनि बढेको छ।
फर्स्ट माइक्रोफाइनान्स, माउन्ट एभरेस्ट पावर, इङवा हाइड्रोपावर र पियोर इनर्जीको मूल्यमा गिरावट आएको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहे।