बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

१८ घण्टा अगाडि
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै असोज १२ गतेसम्म यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्यलाई आग्रह गरेको हो।

अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न तथा रातिको समयमा समेत यात्रा नगर्न महासंघले सर्वसाधारणलाई अनुरोध गरेको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सरोकारवालालाई यस्तै अनुरोध गरेको थियो। यस साता अविरल वर्षा हुने र त्यसका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ।