विनिमयदर

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ ४९ पैसा

३ घण्टा अगाडि
आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ ४९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा रहेको छ। त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा कायम गरिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५५ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४३ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा तोकिएको छ।

बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६७ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार तोकिएको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।