काठमाडौं । लगातार उतारचढाव देखिएको सुनचाँदीको मूल्यमा बिहीबार गिरावट आएको छ। सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसअघि मंगलबार सुनको भाउ १ हजार ७ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ तोलाको ४ हजार ८ सय १५ रुपैयाँ थियो।