काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ।
बिहीबार कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्।
बजारमा १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
नेपाल ल्युब आयलको सेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। सोनापुर मिनरल्स, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्त पनि धेरै मूल्य बढ्ने कम्पनीमा परेका छन्।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।