दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी, ७ घर जलेर ध्वस्त

४ हप्ता अगाडि
दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी, ७ घर जलेर ध्वस्त

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर भएको आगलागीमा १० घरमा क्षति पुगेको छ। बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगलागीबाट सात घर पूर्ण रूपमा जलेर ध्वस्त भएका छन्। अन्य तीन घरमा पनि ठूलो क्षति पुगेको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खटिएका थिए। दोभान बजारमा करिब ५० घर रहेका छन्। आगलागीबाट बजारका अन्य संरचनामा समेत जोखिम बढेपछि सुरक्षा निकाय र स्थानीयवासीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका थिए।