श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा

४ हप्ता अगाडि
श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो।

तोकाइ जिम्न्यासियममा भएको खेल जितेसँगै नेपाली टोलीले कम्तीमा कास्य पदक पक्का गरेको छ। यससँगै जारी एसियाडमा नेपालको दोस्रो कास्य पदक सुनिश्चित भएको छ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो।

समूह चरणमा दुई खेल जितेको नेपालले एक खेलमा हार व्यहोरेको छ। नेपालसँग पराजित भएपछि थाइल्यान्ड समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइले सेमिफाइनलमा स्थान बनाएका छन्।

महिला कबड्डी टोलीले अघिल्लो संस्करणको एसियाडमा पनि कास्य पदक जितेको थियो। अब नेपालले सेमिफाइनलमा इरान र भारतमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।