काठमाडौं । नेकपा एमालेले सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।
मनोनीत भएका नेताहरूको नाम अब केन्द्रीय कमिटीबाट अनुमोदन गरिनेछ।
यसै बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ। उनको वरिष्ठ नेता पदको प्रस्ताव पनि पार्टीको आगामी प्रक्रियाअनुसार अघि बढ्नेछ।