काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार पनि गिरावट आएको छ। सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य तोलाको २ लाख ९९ हजार १ सय रुपैयाँ थियो। त्यसअघि सुनको भाउ एकै दिन ३ हजार २ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको भाउ तोलाको ४ हजार ६ सय ५० रुपैयाँ थियो।