भारतसँगको सेमिफाइनलमा पराजित हुँदै नेपाली महिला कबड्डी टोलीलाई कास्य

३ हप्ता अगाडि
भारतसँगको सेमिफाइनलमा पराजित हुँदै नेपाली महिला कबड्डी टोलीलाई कास्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले कास्य पदक जितेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतसँग ४८-२४ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित भएको हो।

जापानको तोकाइ जिम्न्यासियममा भएको खेलको पहिलो हाफमा नेपाल ३१-१७ ले पछि परेको थियो। दोस्रो हाफमा पनि भारतले १७-७ को अग्रता कायम राखेपछि नेपाल फाइनलमा पुग्न असफल भयो।

समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो।

नेपाली महिला कबड्डी टोलीले यसअघि हाङझाउमा भएको एसियाली खेलकुदमा पनि कास्य पदक जितेको थियो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो कास्य पदक हो। यसअघि करातेका तेन्जिङ शेर्पाले पुरुष ८४ केजीभन्दा माथिको कुमितेमा कास्य पदक जितेका थिए।