सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

३ हप्ता अगाडि
सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । दुई दिनमा तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

गत बिहीबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको थियो । शुक्रबार पनि ५ सय रुपैयाँ घटेपछि सुनको भाउ २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ६ सय २० रुपैयाँ थियो ।