काठमाडौं । हाल नेपालमा मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक बदली रहने सम्भावना छ। विशेषगरी देशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
मौसममा सामान्य बदली रहे पनि अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी दिनमा पनि मनसुनी वायु र पश्चिमी वायुको प्रभावका कारण मौसममा आंशिक बदली देखिन सक्नेछ। हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।