विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको कति ?

३ हप्ता अगाडि
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ कायम गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा तोकिएको छ।

त्यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा तोकिएको छ। यस्तै, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०८ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।