मौसम पूर्वानुमान

कोसी र वाग्मतीका पहाडी क्षेत्रमा हल्का वर्षा, अन्यत्र कस्तो ?

३ हप्ता अगाडि
कोसी र वाग्मतीका पहाडी क्षेत्रमा हल्का वर्षा, अन्यत्र कस्तो ?

काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान आसपास रहेको छ। देशभर मनसुनी तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने पहाडी र तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

बुधबार दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, बुधबार राति कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।

देशका तराई भू–भागमा रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बुधबार देशका अधिकांश भू–भागमा ठूलो वर्षाको सम्भावना नरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय रूपमा मौसम बदली भई हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ।