नेपाली कांग्रेसको १५औँ महाधिवेशन, आयो नयाँ कार्यतालिका

३ हप्ता अगाडि
नेपाली कांग्रेसको १५औँ महाधिवेशन, आयो नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया अघि बढाइने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ।

समितिले मंगलबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुनेछ।

महाधिवेशनका विभिन्न कार्यक्रम असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्द सत्र तथा अन्य कार्यक्रम हुनेछन् भने असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ।

महाधिवेशन प्रतिनिधिको दर्ता असोज १६ र १७ गते हुने निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १५ गते तोकिएको छ।

यसैबीच, देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको समितिले जनाएको छ।

प्रभावित स्थानको बाँकी प्रक्रिया नेपाली कांग्रेससँगको समन्वयमा निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशन कार्यतालिका

असोज १५: महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति

असोज १६–१७: महाधिवेशन प्रतिनिधि दर्ता

असोज १८: महाधिवेशन उद्घाटन

असोज १९–२०: बन्द सत्र तथा अन्य कार्यक्रम

असोज २१–२२: निर्वाचन प्रक्रिया