काठमाडौं । लगातार दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ घटेको थियो भने मंगलबार थप ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य तोलामा २ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको मूल्य तोलामा १ सय ४५ रुपैयाँले घटेको थियो।