काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनका क्रममा बुधबार सुन्दरहरैँचामा झडप भएको छ ।
सुन्दरहरैँचा-४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा प्रतिनिधिको नामावलीमा एक महिलाको नाम छुटेको विषयमा विवाद भएपछि कुटपिट र तोडफोड भएको हो ।
झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको कांग्रेस मोरङका सहसचिव भुवनेश्वर मण्डलले बताए ।
घटनामा पार्टी सहमहामन्त्री डिला संग्रौलालाई पनि चोट लागेको बताइएको छ । झडपका क्रममा ५० भन्दा बढी कुर्सी तोडफोड भएका छन् ।