काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बलियो सरकार भए पनि शासन कमजोर देखिएको भन्दै प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरूले कुनै व्यक्तिको अहंकार नभई परिवर्तन, स्थिरता र सुशासन खोजेको बताए ।
उनले सरकार झिनामसिना विषयमा अल्झिँदै गए देश विकास र अग्रगमनको सपना पूरा हुन नसक्ने बताए । स्थापित विधि र परम्पराको उल्लंघन तथा नेतृत्वको इच्छाअनुसार शासन गर्ने प्रवृत्ति आफूहरूको चाहना नभएको उनको भनाइ थियो ।
आङ्देम्बेले संसद् प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था नभएको भन्दै नौबुँदे सुझावसमेत प्रस्तुत गरे ।