कांग्रेस महाधिवेशनका लागि खुलामञ्चमा मञ्च निर्माण सुरु

३ हप्ता अगाडि
कांग्रेस महाधिवेशनका लागि खुलामञ्चमा मञ्च निर्माण सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चलगायत संरचना निर्माण सुरु गरिएको छ ।

असोज १८ गते दिउँसो २ बजे हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।

उद्घाटन सत्रमा शुभकामना दिन स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।