मौसम पूर्वानुमान

आजको मौसम : कोसी र वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना

३ हप्ता अगाडि
आजको मौसम : कोसी र वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ। देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।

देशका तराई भूभागमा आंशिक बदलीसँगै हुस्सु लाग्ने सम्भावना रहेको छ। कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।