काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगर्ने जनाएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनको प्रचारप्रसार वातावरणमैत्री बनाउने नीति लिइएको बताए ।
उनका अनुसार सहरमा प्रचार सामग्री टाँस्ने तथा पर्चा छाप्ने काम नगर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ । प्रचारप्रसारमा सकेसम्म प्रविधिको प्रयोग गर्न भनिएको उनले बताए ।
महाधिवेशनका क्रममा डिजिटल बोर्ड राखिने कांग्रेसले जनाएको छ ।